साउन २६ – ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत डाइभिङका लागि बनाइएको पुलको रंग एकाएक परिवर्तन भएको छ ।डाइभिङका लागि बनाइएको पुलको रंग निलोबाट हरियो बनेको हो । सोमबार निलो देखिएको पुलको पानी मंगलबार एकाएक हरियो देखिएको हो । तर आयोजकले भने के कारणले यस्तो भयो भन्ने थाहा नभएको बताएका छन् । पुलमा रहेको पानीको रंग विस्तारै हरियो बनेपनि त्यहाँ डाइभिङका प्रतिस्पर्धा भने रोकिएनन् । सामाजिक सञ्जालमा पुलको पानीको रंग यसरी परिवर्तन हुँदा पनि खेलाडीलाई डाइभ गर्न बाध्य पारिएको भन्दै विभिन्न व्यक्तिले प्रश्न गरेका छन् । पाँच मिटर गहिरो पुलको पानी सोमबार पुरुष तर्फको स्पर्धाका खेल हुँदा निलो थियो । मंगलबार महिला तर्फको खेल हुने बेला हरियोमा परिणत भएको हो । पानीमा मिलाइएको क्लोरिन वा अरु कुनै रसायनको मात्रा नमिलेका कारण यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ ।
0 comments:
Post a Comment