शरीरमा रगत लतपतिएको तस्बिरसहित एकाएक हिरो भए सप्तरीका देवनारायण

काठमाडौं, साउन १५ – हिजोआज फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा एकजना मधेसी नागरिक एकाएक छाएका छन् । रगत लतपतिएको शरीर, सेतो कपडा बाँधिएको शीर, अनि गर्व र मुस्कान मिसिएको अनुहार भएका उनको सबैले जय जयकार गर्दै फेसबुक र ट्वीटरमा टिप्पणी तथा प्रतिक्रिया लेखेका छन् । सच्चा देशभक्ति, असली राष्ट्रवादी, मधेसका खाँटी धर्तीपूत्र भन्दै उनको प्रशंसा भइरहेको छ । बिहीबार सप्तरी तिलाठीमा भारतले बनाएको तटबन्ध भत्काउने अभियानको नेतृत्व गर्दा भारतीयको कुटाईबाट घाइते भएपछि उनको एकाएक चर्चा भएको हो ।
आफु बस्ने भूमी र आफू वरपरको नेपाली गाउँ डुब्न नदिन उनले गाउँलेसहित भारतीयको प्रतिकार गरे । भारतले बलजफती गर्दागर्दै तटबन्ध भत्काउन सफल भए । त्यति मात्र होइन, निरन्तरको दबाब र प्रतिकारकाबिच भारत सरकारलाई तत्काल तटबन्ध नबनाउने सहमति गराउन बाध्य भए ।
आफ्नो भूमी जोगाउन अभियानको नेतृत्व गर्ने उनी हुन, सप्तरी तिलाठीका देवनारायण यादव । भारतीय पक्षको लाठी प्रहारबाट उनीसहित १२ नेपाली घाइते भएका छन् । उनीहरु सबैको उपचार भइरहेको छ । धेरै वर्षदेखि आफूहरुले भारतसँग भिडेर सीमाको रक्षाको गरेको उनीहरुको भनाई छ ।
सरकारको साथ र सहयोग नपाएपनि आफ्नो भूमी जोगाउनको लागि रगत बगाउन समेत तयार भएका उनीहरुको काम र अभियान साँच्चै प्रशंसनीय र गर्व गर्न लायक छ । त्यसैले त देवनारायण र सिंगो तिलाठी गाउँको सबै नेपालीले चर्चा गरेका छन् ।

फेसबुक र ट्वीटरमा आएका केही प्रतिक्रिया हेरौं :

सबै यादव उपेन्द्र यादव जस्ता हुदैनन देवनारायण यादव जस्ता पनि छन यहाँ फरक यहि त छ सामान्य मधेशी र राजनैतिक मधेशीमा✌✌
"मर्न तयार छौं तर नेपाली भूमि मिच्न दिन्नौं," देवनारायण यादव, तिलाठी, सप्तरी ! हार्दिक नमन, यादव जी !!
धर्ती पुत्र-जो जंगे पिलरसॅग रगत साट्छ।माटोको लागी रगत बगाउछ 50लाख र एक मधेश होईन सिगो नेपाल चाहीन्छ।
देवनारायण यादव एमालेका नेता रहेछन्ःमधेशका सच्चा धर्तिपुत्र हुन यिनीहरु,जो दशगजा पारि नेपालीलाई ढुंगा हान्न गएनन्

अस्ति राष्ट्रबादी नेताहरुलाई सिमाबारे बहसको अपिल गरे तर आज जनता भिडेछन । #तिलाठी
·  ·  Subhak Mahato liked
तिलाठी बाशीले अन्याय बिरुद्ध जनता एकजुटभएर उठ्ने अभ्यास शुरुगरेर चेतनशील नागरिकको नमुना देखाएको छ l - मेरो सलाम !!
भण्टाबारी र तिलाठी प्रकरणले भैया,मर्सिया,भेले,धोती,बिहारी,अनि इण्डिनको टयाग हटाएर नेपाली भनिएको छ यही नै हामि मधेशीकालागि सन्तोषको विषय हो !
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment