बल्कोटमा घरपरिवारमा झगडा हुँदा एक जना व्यक्तिको मृत्‍यु

प्रेम खडका 

बल्कोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको बल्कोटमा घरपरिवारमा झगडा हुँदा एक जना व्यक्तिको मृत्‍यु भएको छ । 


बल्कोट - ९ अर्चननेटा टुनीपोखराका अन्दाजी ५०,५२ वर्षिय भीमलाल खनालको श्रीमती र छोरासँग झगडापछि बल्कोट स्वास्थ्य चौकीमा उपचारको लागि ल्याउने क्रममा मृत्‍यु भएको हो । 

स्थानियबासीका अनुसार यसअघि कहिल्यै पनि जाड, रक्सी नखाने भीमलालले पहिलो पटक मदिरा सेवन गरेर घरमा आएको कारण श्रीमती कमला खनाल र एक छोरासँग झगडा हुनपुगेको थियो। भीमलालका श्रीमती र जेठो छोरा बिष्णु खनाल र कान्छो छोरा बिनोद खनाल रहेको र एक छोरा वैदशिक रोजगारीका लागि विदेशमा रहेका छन् । 

श्रीमती कमला खनाल ( बाँया ) र मृतक भिमलाल । 

मृतक भीमलालको कानमा रगत आउनुका साथै मुखमा फिन आएको बताइएको छ । मदिरा सेवनको विषयमा झगडा हुँदा कुटपिटमा परी भिमलालको मृत्‍यु हुन सक्ने आशन्का गरिएको छ । 

प्रहरीले श्रीमती र छोरालाई थप अनुसन्धानका लागि प्रकाउ गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment