बाढीपीडितलाई राहत वितरण

भद्रपुर, १२ साउन । जिल्ला दैवी प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले आज झापाको केचना, पाठामारी गाविस र भद्रपुर नगरपालिकामा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।
राहतमा केचना गाविसमा १६० प्रभावित परिवारलाई ४५ थान त्रिपाल, ८० थान कम्बल र केटाकेटीका लागि १०० थान कपडा, पाठामारी गविसमा १६५ प्रभावित परिवारमा १० थान त्रिपाल, २४ थान कम्बल र भद्रपुर नगरपालिकाअन्तर्गत प्रभावित १०० परिवारमा २५ थान त्रिपाल र ४० थान कम्बल वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए  ।
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment