प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले नपिरोस्.......हेर्नुहोस !



कुनै बेला यस्तो थियो, माओवादी छापामाराहरूले तत्कालिन नेकपा माओबादीका अध्यक्ष प्रचण्डको आदेश भन्दै बहुविवाह गर्नेहरूलाई भाटे कारवाही गरेर गाउँ निकालासम्म गर्थे । द्वन्द्वकालमा बहुविवाह गरेको वा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राखेको कारण माओवादी छापामार कयौंले यातना मात्रै पाएनन्, ज्यान समेत गुमाउनु प¥यो । माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालकोे दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी थिइन् । तर बिहे गरेको ६ बर्षमै सिर्जना प्रचण्ड निबासबाटै निकालाको सिकार मात्रै भईनन्, उल्टै यातना समेत भोग्न बाध्यभइन् । तर आज परिस्थिति ठीक उल्टो भएको छ । सिर्जना त्रिपाठी– यो नाम प्रायः सबैलाई थाहा छ । किनकी उनी माओवदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालकोे दोस्रो बुहारीका रुपमा ०६४ माघ ३ मा प्रचण्डको घरमा भित्रिएकी थिइन् । तर बिहे गरेको ६ बर्षमै सिर्जना प्रचण्ड निबासबाटै निकालाको सिकार मात्रै भईनन्, उल्टै यातना समेत भोग्न बाध्यभइन् ।प्रचण्डले घरबाट निकालेपछि सिर्जना अहिले पोखरास्थित माइतीघरको शरणमा छिन् । र उनी आफ्नो श्रीमान र ससुराप्रति आक्रोशसँगै पीडा पोखिरहेकी छिन् । सिर्जनाले टेलिफोनमा भनिन्, ‘ससुरा प्रचण्ड त ठीकै थिए तर सासु सीताको अपमान र यातनाका कारण माइत आएर वस्नु प¥यो ।’ प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जनाले पोखराबाटै स्नातकोत्तर उतीर्ण गरिसकेकी छिन् । प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई अहिलेसम्म विवाह दर्ता समेत नभएकोमा दुखेको पोखिन् । छोराको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत कठिन भएको सिर्जनाले सुनाईन् ।



सिर्जनाले भाबुक हुँदै भनिन्, ‘प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर मसँग के छ आधार ? खै त्यहीँ आधारको लागी लडिरहेको छु । तर आजसम्म पाएको छैनँ ।’ माईत गएदेखी प्रचण्डले समेत एक बचन घर आएर बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन् । ‘मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो ।’ सिर्जनाले दुख पोख्दै भनिन्, ‘म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन, त्यहीं भएर छोरा स्कूलमा पढ्न समेत पाएको छैन ।’



सिर्जनाले भाबुक हुँदै भनिन्, ‘प्रचण्डकी बुहारी र प्रकाश दाहालकी पत्नी हुँ भनेर मसँग के छ आधार ? खै त्यहीँ आधारको लागी लडिरहेको छु । तर आजसम्म पाएको छैनँ ।’ माईत गएदेखी प्रचण्डले समेत एक बचन घर आएर बस्न नभनेकोमा सिर्जनाले चित्त दुखाईन् । ‘प्रकाशले विभिन्न तरिका पछिल्लो समय मसँग सम्बन्धविच्छेद मागिरहेका छन् ।’ सिर्जनाले भनिन्, ‘तर, म किन दिन्छु र यति सजिलै । मैले भखैरैमात्र डिग्री पढेर सकँ,े हेरौँ अगाडि के हुन्छ !’ अर्काकी श्रीमती बिना मगरलाई भगाएर हिंड्ने प्रकाश दाहाल र अरुको घरबार बिगार्ने बिनामगर दुवैलाई कारबाही गर्न पार्टी पंक्तिबाट ठूलो दबाब थियो ।



तर प्रचण्डले ६ महिना निलम्बनको नाटक गरेर दुवैलाई उन्मुक्ति दिएपछि प्रकाश र बिनालाई मिलाउन प्रचण्डकै सहमति थियो भन्ने आशंका पनि भएको छ । प्रकाश र बिनामाथिको कारबाही फिर्ता भएपछि आफू असुरक्षित भएको भन्दै सिर्जना माईतीघरमा गएकी थिइन् । धेरै कुराहरू भन्नुपर्ने भए पनि प्रचण्डको राजनीति जोगियोस् भनेर आफू चुप लागेर बसेको उनले बताईन् ।




सासु सिताले छोरा प्रकाशको जेठी श्रीमती प्रभा बोगटीलाई साइड लगाएका थिईन् । सिताले आफ्नै मागे दिएकी माईती गाउँकी सिर्जनालाई पनि साइड लगाउने सोच छिन् । ‘न मेरो विवाह दर्ता छ न त छोराको जन्म दर्ता ।’ उत्ता प्रकाश लाजिम्पाटमा बसेर छोरा समेत आफ्नो नभएको भन्दै फोन गरेर तनाब दिने गरेको सिर्जनाले बताईन् ।



तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । अब सिर्जनालाई कसले न्याय दिने ? उनको बच्चाले पढ्न पाउँने कि नपाउँने ? मैले प्रचण्डलाई समेत भनेको थिएँ, ‘मेरो छोराको डिएनए परिक्षण गरिदिनुस् ।’ प्रभा बोगटीसँग छुटेपछि सीता दाहालले आफँैले रोजेर माइती कास्की, हेम्जाकी सुजनालाई बुहारी बनाएकी थिइन् । ‘मैले मन पराएको हो र प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए ।



तिनै प्रकाशले केही समय अगाडी मात्रै एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ । सारै दुःख लाग्यो ।’ सिर्जनाले रुँदै भनिन् । अब सिर्जनालाई कसले न्याय दिने ? उनको बच्चाले पढ्न पाउँने कि नपाउँने ? प्रचण्डलाई आफ्नै बुहारी र नातिको आँशुले पोल्ने त होइन ?
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment